Listen Live

Wed, Jul 17, 2019 12:09:39
भारत अझै ५२ रनले पछाडि
Posted On: Mar 26, 2017

भारत अझै ५२ रनले पछाडि

चैत १३ –  नेथन लायनले अन्तिम सेसनमा उत्कृष्ट बलिङ गरेपछि भारतको चौथो टेस्टको दोस्रो दिन अस्ट्रेलियाले पहिलो इनिङमा बनाएको ३ सय रनलाई उछिन्ने अभियानमा धक्का लागेको छ।

लायनले आरामले खेलिरहेका चेतेश्वर पुजारा (५७), कप्तान अजिङ्क रहाणे (४६), करुण नायर (५) र रवीचन्द्रन अश्विन (३०) को रुपमा ४ विकेट लिएपछि भारत पहिलो इनिङमा ५२ रनले पछाडि छ।
अस्ट्रेलियाको पहिलो इनिङको जवाफमा भारतले आइतबार दोस्रो दिनको खेल समाप्त हुँदा ६ विकेटको क्षतिमा २ सय ४८ रन जम्मा पार्यो।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ६० रन बनाए। मुरली विजय ११ रन बनाउदै चाँडै आउट भए। पुजाराले दोस्रो विकेटका लागि राहुलसँग मिलेर ८७ रनको साझेदारी गरेका थिए।

दोस्रो दिनको खेल समाप्त हुँदा रवीन्द्र जडेजा १६ र विकेटकिपर रिद्धिमान शाह १० रन बनाएर अविजित छन्। पाट कमिन्स र जस हेजलउडले १–१ विकेट लिए।

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement