Listen Live

Wed, Jul 17, 2019 12:50:30
शिखर ईन्स्योरेन्स झन् चढ्दैछ शिखर
Posted On: May 13, 2017

शिखर ईन्स्योरेन्स झन् चढ्दैछ शिखर

बैशाख ३०, काठमाडौं– निर्जिवन बीमा कम्पनीहरुमा चुक्ता पूँजी सबैभन्दा धेरै रहेको शिखर ईन्स्योरेन्स(SICL)ले पनि खुद नाफा बढाउँदै प्रति सेयर आम्दानी सन्तुलनमा राख्न सफल भएको छ ।

 शिखरले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड खुद नाफा कमाएर गत बर्षको भन्दा छ करोडले बढाएको छ । उसले खुद बीमा शुल्क आर्जन रकमलाई पनि गत बर्षको भन्दा झण्डै ४५ करोडले बढाएर एक अर्ब १४ करोड नघाएको छ । उसको कुल बीमा शुल्क आर्जन रकम गत बर्षको तेस्रो त्रैमासमा एक अर्ब २८ करोड थियो भने अहिले दुई अर्ब नाघेको छ ।

८१ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २४ करोड छ भने प्रति सेयर आम्दानी ४४ रुपैयाँ कायम भएको छ । बीमा ब्यवसाय आक्रामक रुपमा बिस्तार गर्दै गरेको शिखरले गत बर्ष एफपीओ निश्काशन गरेपछि लगानीकर्तालाई आकर्षक बोनस सेयर दिएको थियो । उसले बीमा समितिले तोकेको चुक्ता पूँजी एक अर्ब पुर्याउन थप १९ करोडको बोनस सेयर दिए पुग्ने अबस्था छ तर त्यतिमै रोकिएला भन्न सकिन्न ।

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement