Listen Live

Mon, Aug 26, 2019 08:43:59
डोटीमा करेन्ट लागेर चार जनाको ज्यान गयो
Posted On: Jul 03, 2018

डोटीमा करेन्ट लागेर चार जनाको ज्यान गयो

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक ९प्रनानी० दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा त्यही गाउँपालिकाका ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय हरि खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्का रहेका छन् ।
गाउँमा विद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेको बताइएको छ । त्यस्तै विद्युत जडानका क्रममा बमबहादुर खड्का घाइते भएका छन् ।
घटनास्थलतर्फ दिपायलबाट प्रहरी टोली गैसकेको छ । घटनाको पूर्ण विवरण भने प्रहरी टोली पुगेपछि मात्रै आउने प्रनानी कुँवरले बताउनुभयो ।
 

Comments
Advertisement