Listen Live

Mon, Aug 26, 2019 08:54:31
अविरल बर्षात पछि पानीको बाहब बढेकाले बझाङ् जिल्लाको तारुघाट पुल जोखिममा
Posted On: Aug 05, 2018

अविरल बर्षात पछि पानीको बाहब बढेकाले बझाङ् जिल्लाको तारुघाट पुल जोखिममा

जिल्लाको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने मोरीबगरको तारुगाडमा रहेको पक्की पुल र मोरीबगर बजार बाढीको जोखिममा परेको छ । तारुगाडले बगाएर ल्याएको ढुङ्गा, माटो र बालुवा आदि पुलको वरपर र पुलको मुनी थुप्रिदैं गए पछी बजार र पुल जोखीममा परेको हो । खोलाको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने माटो र ढुङ्गा पुलको मुनि तिर सबै थुप्रिन थाले पछि तारुगाडमा निर्माण भएको पुलका साथै बजार समेत जोखिममा परेको हो।

सदरमुकाम चैनपुरदेखि १८ किलोमिटर टाढा रहेको यो पुल भत्तकीएमा जयपृथ्वी राजमार्ग नै अवरुद्ध हुने छ । ठूलो बाढी आएका बेला पुलमा थुप्रिएको ढुङ्गा र माटोका कारण खोलाले धार परिर्वतन गर्ने र आसपासमा रहेको मोरीबगर बजार क्षेत्रको बस्तीमा समेत क्षती पुग्ने डरले स्थानीयहरु त्रसित छन् ।

 लगातार वर्ष र ठूलो पानी पर्ने वित्तिकै पक्की पुलको माथिल्लो भाग छोएर पानि बग्ने गरेको स्थानीय बासिन्दा तथा ब्यापारी दिपक विष्टले बताएका छन् ।जुनसुकै बेला खोला नै थुनिएर पुर् र मौरीबगर बजार बगाउने हो भन्ने डरले राती सुत्न पनि नपाएको जनगुनासो छ ।

खोला थुनिएर वहाव परिर्वतन भएमा पुल छेउछाउ रहेको बजार बग्ने डर रहेको बताउँदै उनले लगातार वर्ष भएको समय र ठूलो वर्ष भएको समयमा यहाँ स्थानीय रात भर जाग्राम बस्ने गरेको बताएका छन् । दश वर्ष पहिला २०६५ सालमा निर्माण भएको यो पुलको पिलरहरु समेत खतरामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । खोलाको तिव्र गतिको प्रवाहले बगाएर ल्याएका ढुङ्गाहरु पिलरमा ठोक्किँन थापेपछि अहिले समस्या सिर्जना हुदै गएको बताउछन ।

Comments
Advertisement